Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै

आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै

  • काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे दिल्लीमा शुरू हुनेछ ।

    images
    images
    images

    दिल्ली ९ खेलमा १२ अङ्कका साथ तालिकाको चौथो र कोलकाता समान ९ खेलमा ७ अङ्कसहित सातौं स्थानमा छ ।

    गएराति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटले हरायो । गुजरातले जीतका लागि दिएको दुई सय १० रनको लक्ष्य राजस्थानले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

    उसका १४ वर्षीय खेलाडी वैभव सूर्यवंशीले ३८ बलमा एक सय एक रन बनाए । उनले ३५ बलमा शतक पूरा गरे । उनी आईपीएल क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

    जीतसँगै राजस्थान १० खेलमा ६ अङ्कसहित आठौं स्थानमा छ । गुजरात ९ खेलमा १२ अङ्कका  साथ तालिकाको तेस्रो स्थानमा छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij