Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

निदान अस्पतालमा भएको मिर्गौला तस्करी प्रकरणमा अस्पतालका प्रमुख डा पुकारचन्द्र श्रेष्ठ

निदान अस्पतालमा भएको मिर्गौला तस्करी प्रकरणमा अस्पतालका प्रमुख डा पुकारचन्द्र श्रेष्ठ

  • ललितपुर । ललितपुरस्थित निदान अस्पतालमा भएको मिर्गौला तस्करी प्रकरणमा अस्पतालका प्रमुख डा पुकारचन्द्र श्रेष्ठकै संलग्नता रहेको बयान एक प्रतिवादीले दिएका छन्। आफ्नो बुबा शंकरलाल योञ्जनको मिर्गौला प्रत्यारोपण गराएका प्रतिवादी शिशिर सागर योञ्जनले ललितपुर जिल्ला अदालतमा उक्त कार्यमा अस्पतालका चिकित्सक डा श्रेष्ठको संलग्नता रहेको बताएका हुन्।

    images
    images
    images

    शिशिर सागरले मिर्गौला तस्करीमा संयोजन राजुु नामको व्यक्तिले गरेको र उक्त कार्यमा डा श्रेष्ठसँगै अस्पतालका कानुनी सल्लाहकार कुमुद भट्टराई र सिइओ विपेन्द्र प्रधानको हात रहेको बयान दिएका हुन्। उनले राजुु नामका ती व्यक्ति र अस्पतालको समितिले गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपणको सेटिङ मिलाएको उल्लेख गरेका छन्। आफूले उक्त प्रक्रियाका लागि चाहिने आर्थिक जोहो मात्रै गरेको दाबी योञ्जनको छ।141672442_1140581343032164_3721959246443014311_n.jpg141672442_1140581343032164_3721959246443014311_n.jpg

    बयान अनुसार शिशिरका बुबाको दुई वर्षअघि मिर्गौला ुफेलु भएर नियमित डायलाइसिसमा थिए। मिर्गौला प्रत्यारोपणका लागि उनले आफ्नो परिवारका सबैको जाँच गराए पनि कसैको रक्त समूह मिलेको थिएन। यही क्रममा उनको फुपुको छोरा संजिव घिसिङ मिर्गौला दान गर्न तयार भए। शिशिरको बुवासँग मामा नाता पर्ने सञ्जीवले मिर्गौला दिने भएपछि स्थानीय तहबाट सिफारिस समेत गरेर कागजपत्र मिलाइयो। त्यसपछि अस्पतालमा चेकजाँचका लागि शिशिरले उनलाई काठमाडौं बोलाउन खोजे। तर उनी सम्पर्कमै आएनन्। घिसिङ सम्पर्कमा नआएपछि अस्पतालका कर्मचारीले मिर्गौला दान गर्ने व्यक्तिको सोधखोज गरे। त्यही दिन केही समयपछि राजु नाम गरेको व्यक्ति आएर उनलाई सोधे, के भयो बुबाको

    उनले मिर्गौला दिने व्यक्ति सम्पर्कमै नआएको बताए। 

    त्यसपछि राजुले उनलाई भने तपाईंले चिन्ता लिनुपर्दैन। मिर्गौलाका लागि अस्पतालभित्र हुने सेटिङ म मिलाउँछु। यसका लागि २०र२५ लाख रुपैयाँ लाग्न सक्छ।आफूसँग राजु नामको व्यक्तिले भित्रको काम अस्पतालका डा श्रेष्ठ, कानुनी सल्लाहकार भट्टराई र सिइओ प्रधानले मिलाउने र बाहिर आफूले मिलाउने बताएको समेत उनले उल्लेख गरेका छन्। त्यसपछि कानुनी सल्लाहकार भट्टराईले पनि आफूलाई सबै मिलाउनेु भन्दै पीर नगर्न भनेको शिशिरको बयान छ। त्यही सेटिङका लागि आफूले राजुलाई पाँच लाख रुपैयाँ दिएको र अस्पतालमा उपचारका लागि ११ लाख रुपैयाँ बुझाएको बयान उनले दिएका छन्। 

    अदालतले योञ्जनलाई अस्पतालका कानुनी सल्लाहकार कुमुदलाई मिर्गौला प्रत्यारोपण गर्न लाग्ने खर्च बाहेक ५ लाख रुपैयाँ लाग्छ भनेपछि पटक(पटक गरी ४ लाख पचास हजार दिएको उनका बुबा शंकरलाल लामा योञ्जनले दिएको बयानबारे पनि सोधेको थियो। उक्त प्रश्नको जवाफमा शिशिर सागरले भनेका छन्, ‘खोई बिरामी बुबाले के भन्नुभयो मलाई थाहा भएन। राजु भन्ने व्यक्तिले २०र२५ लाख लाग्छ भनेपछि हस्पिटल र राजुलाई गरेर मैले विभिन्न समयमा सो रकम दिएको हो। अस्पतालमा मात्र ११ लाख र औषधि र विभिन्न खर्च शीर्षकका लागि भनेर धेरै रकम मैले बुझाएको हो। बुझाएकोमध्ये अरु रकम के कसरी उनीहरुले लिए मलाई थाहा भएन। राजुले  मात्र मसँग भित्र मिलाउनुपर्छ भनेर  छुट्टै पाँच लाख रुपैयाँ लिएका थिए।

    निदान अस्पतालमा डा पुकार चन्द्र श्रेष्ठको समूहले नाता नपर्ने व्यक्तिलाई भान्जा बनाएर मिर्गौला  प्रत्यारोपण गरेको आरोप लगाइएको थियो। उनको २०७६ साउन २४ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला झिकिएका व्यक्तिले आफूलाई प्रलोभनमा पारेर तस्करी गरेको भन्दै  प्रहरीमा उजुरी गरेपछि सोधखोज भएको थियो। त्यस क्रममा कानुनमा तोकिएको निश्चित नाता समूहभित्रको व्यक्तिको मिर्गौला मात्रै  प्रत्यारोपण गर्न पाइनेमा अर्कैको गरिएको भेटिएको थियो। 

    आफूलाई तीन लाख रुपैयाँ दिने लोभमा उक्त मिर्गौला झिकिएको उजुरीकर्ताले बताएका छन्। राजु नामका व्यक्ति आफूले एक गलैंचा कारखानामा चिनेको र उनले नै मिर्गौला प्रत्यारोपित शंकरलाल योञ्जनका छोरा शिशिरलाई भेटाएको र अस्पतालसम्म पुर्या्एको उल्लेख गरेका छन्। उनले शिशिरले आफूलाई भेटेर कसैले सोध्दा नाम सञ्जीव बताउने र आफ्नो मामा नाता पर्नेलाई मिर्गौला दिन लागेको भन्नुपर्ने समेत बयान दिएका छन्।

    मिर्गौला दाता भनेर अस्पतालमा कागजात सञ्जीवको थियो। मिर्गौला दान गर्न भनेर पैसा दिने प्रलोभनमा ल्याइएका ती व्यक्ति भर्ना भएका थिए। त्यस क्रममा अस्पतालकै एक कर्मचारीले कागजातमा भएको तस्बिर र व्यक्तिको अनुहार नमिलेको बताए। तर अस्पताल त्यसको जाँचमा लागेन। सञ्जीवको तस्बिर झिकेर आफ्नो तस्बिर उक्त कागजातमा टाँसिएको बयान पीडितले दिएका छन्। 

    उनको बयान छ,  प्रत्यारोपणको अघिल्लो दिन २०७६ साउन २३ गते मलाई राखिएको वार्डभन्दा अर्को भवनमा मेरो फोटो र सञ्जीवको फोटो फरक परेको र म सञ्जीव नभएको चर्चा चल्यो। त्यसपछि मलाई त्यहाँ लिएर सञ्जीवको तस्बिर निकालेर मेरो टाँसियो र ल्याप्चे लगाउन लगाएर मलाई फेरि पुरानै वार्डमा फर्काइयो।

    शिशिरले अदालतलाई दिएको बयानका विषयमा डा पुकारचन्द्र श्रेष्ठसँग प्रश्न गर्दा उनले यस विषयमा आफूलाई केही थाहा नभएको जवाफ दिए। उनले भने,अदालतमा कसले के बयान दियो भन्ने विषयमा मलाई केही जानकारी छैन, यसमा मेरो संलग्नता पनि छैन। प्रत्यारोपण गर्नुभन्दा अघिल्लो दिन अस्पतालकै एक नर्सले पनि फारममा मिर्गौला दिन आएका दाताको तस्बिर नमिलेपछि प्रश्न गरेकी थिइन्। मिर्गौला दिन तयार भएर भर्ना हुन आएका बिरामी दुब्लोरपातलो तर फारममा भएको तस्बिर मोटो मान्छेको जस्तो लागेपछि अस्पतालकी ती नर्सले गलत तस्बिर टाँसिएको आशंका गरेकी थिइन्।

    ती नर्सले कानुनी प्रक्रिया पुगेरनपुगेको होइन, ल्याबका रिपोर्ट जाँच्ने क्रममा दाताको तस्बिर नमिलेको पाएकी थिइन्। उनले प्रश्न गर्नुको आसय थियो, ‘कहिलेकाहीँ ल्याबमा तस्बिर टाँस्दा यताउता पर्न सक्छ। सकेसम्म सही तस्बिर नै डकुमेन्टमा रहोस्।’ प्रत्यारोपण भएको २ दिन अघिसम्म कागजातमा उल्लेख भएको तस्बिर मिर्गौला प्रत्यारोपी शंकर लामा योन्जनका ‘सक्कली भान्जा’ भनिएका सञ्जीव घिसिङकै रहेको बुझिएको छ। तर ल्याब रिपोर्ट भने दलालले ल्याएका व्यक्तिको थियो।

    पुरानो तस्बिर हटाउँदै नयाँ टाँसेर तत्कालका लागि कागजात मिलाइयो। तर त्यही पुरानो तस्बिर उप्काएर नयाँ टाँस्नु मिर्गौला तस्करी भएको निर्क्यौलमा पुग्नका लागि महत्वपूर्ण प्रमाण बन्यो। अस्पतालमा मिर्गौला प्रत्यारोपणका क्रममा गडबड भएको सूचना सञ्चार माध्यम हुँदै प्रहरीसम्म पुग्यो। प्रहरीले घटनाका पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढायो। उक्त घटनामा गडबड भएको निर्क्योलमा पुगेपछि प्रहरीले अस्पतालका सिइओ विपेन्द्र प्रधान अस्पतालका कानुन अधिकृत कुमुदकुमार भट्टराई, डा राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो।

    यसरी ुसेटिङुमा मिर्गौला प्रत्यारोपण गरिएको भन्दै जिल्ला अदालत ललितपुरमा मुद्दा परेको थियो। मिर्गौला किनबेच गरी प्रत्यारोपण गराएको भन्दै प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले अस्पतालका सिइओ प्रधान, कानुनी सल्लाहकार भट्टराई, डा राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा योञ्जन र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत आलेलाई २०७६ असोज २९ गते  पक्राउ गरेको थियो। उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार एवं मानव अंग मिर्गौला तस्करीको अभियोगमा अदालतमा मुद्दा परेको थियो। जिल्ला अदालत ललितपुरले कात्तिक २७ गते उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसपछि उनीहरु आफूलाई थुनामा पठाउने निर्णय विरुद्ध उच्च अदालत पाटन गएका थिए। 

    उच्च अदालत पाटनले निदान अस्पतालका डा .राजेश पन्त र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई भने साधारण तारेखमा र सिइओ प्रधानलाई पाँच लाख, कानुन व्यवसायी भट्टराईलाई ९ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij