
Apr 02 2025 | २०८१, चैत २० गते
हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एकजनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका हुन् । अमेरिकाको पेन्सिलभानिया कन्भेन्सन सेन्टरमा जारी रहेको मतदान केन्द्रमा हतियारसहित हमला गर्न खोज्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । अमेरिकी पत्रिका न्युयोर्क पोष्टले सो समाचार दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij