Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

जापानी राजदूतले गरे केएनपी कारखानाको अवलोकन

जापानी राजदूतले गरे केएनपी कारखानाको अवलोकन

  • काठमाडौं । नेपालका लागि जापानका राजदूत मेएडा टोरूले बीरगंज महानगरपालिका भ्रमणका क्रममा केएनपी जापान को कारखानाको अवलोकन गरेका छन् ।

    images
    images
    images

    उनलाई केएनपी जापान प्रा. ली. का निर्देशक अशोक कुमार बैद्य र कारखानाका प्रबंधक प्रवीण जाधव लगायत कारखानाका
    कर्मचारीहरुले स्वागत गरेर  कारखाना अवलोकन गराएका हुन् ।

    राजदूतले जापान, भारत र नेपालबीचको संयुक्त साझेदारीमा सञ्चालन रहेको यस बहुराष्ट्रीय संयुक्त लगानीका उद्योगको कार्यप्रणाली तथा गुणस्तरप्रति प्रसन्नता व्यक्त गरे ।

    उनले यस्तो सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । राजदूत मेएडा टोरूज्यूले यस्ता बहुदेशीय लगानीका उद्योगहरूको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थ्यकर समस्याहरूको समाधान नेपाल सरकारले तदारूकता साथ गर्ने कुरामा आशा व्यक्त गरे ।

    उनले हाल नेपालमा संचालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको संभावना बढ्ने बताए । यस अघि पनि दुई जना जापानी राजदूतहरूको अवलोकन भ्रमण केएनपी जापान प्रा लिमा भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij