
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । हेटौंडा अस्पतालको बोर्ड फेरिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल भनेर एकातिर नेपाल सरकारको लोगो छ भने अर्कोतिर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लोगो छ ।
नेपाल सरकारको स्वामित्वमा रहेको चलअचल सम्पत्ति कुनै अमुक दल निकट प्रतिष्ठानको हुन नहुने भन्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमाथि सर्वोच्च अदालतमा मुद्दा परेको छ । हेटौंडा अस्पताललाई प्रतिष्ठानको नाममा दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा बहस चलिरहेको छ ।
यहि बिचमा अस्पतालको बोर्ड फेरिएको छ । ‘यसरी अदालतमा विचाराधिन रहेको अवस्थामा बोर्ड फेरिनु संविधान विपरित जानु हो’,वरिष्ठ अधिवक्ता केशव गौतमले बताए । गौतमका अनुसार सर्वोच्च अदालतको फैसला नआएसम्म बोर्डको फेरबदल गर्न नहुने थियो ।
अदालतको फैसला अगावै अस्पतालको बोर्ड फेरिनु कानुन सम्मत नभएको बगमती प्रदेश सभा सदस्य तथा बागमती प्रदेश सामाजिक विकास पुर्व मन्त्री कुमारी मुक्तानको भनाइ छ ।
यस्तै नेपाली काङ्ग्रेस पार्टीका केही नेताहरुको भनाइ अनुसार यो संविधानको मर्म बिपरितको पेलाहा प्रवृत्ति हो । यो संविधान विपरित कार्य हो भन्दा भन्दै पनि पुर्व मुख्यमन्त्रीकै टोली यस कार्यमा सकृय रहेको अधिवक्ता गौतमको भनाइ छ ।
‘अहिले बोर्डमा कसको नाम राख्ने, कसको नराख्ने भन्ने विषय सर्वोच्च अदालतको संवैधानिक इजलासले बहस गरेपछी प्रमाणको आधारमा सर्वोच्च अदालतले फैसला गर्ने कुरा हो’ अधिवक्ता गौतमले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij