
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । नेकपा एमाले हेटौडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले बोलबहादुर कार्कीको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।
मतदान प्रक्रियामा कार्कीले १ सय ७६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जनरल श्रेष्ठ (जेन) ले १ सय ३३ मतमा सीमित हुनु परेको थियो । त्यस्तै, उपाध्यक्षमा राजकुमार बास्तोला १ सय ४३ मत प्राप्त गरी निर्वाचित हुदाँ उपाध्यक्षका अर्का उम्मेदवार धनबहादुर मोक्तानले ७४ र इन्द्रप्रसाद खतिवडाले ६८ मत मात्रै ल्याउन सकेका छन् ।
सचिवमा शान्ता गौतम (प्रदीप) पनि मतदान प्रक्रियाबाट नै निर्वाचित भएका छन् । गौतमले १ सय ९७ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रकाश बानियाँले ८७ मत पाएका छन् । उपसचिव खुलामा शान्तकुमार तामाङ ७४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धीहरू सुरेश मिजारले ६७, कवि रेग्मीले ४१, भीम तिमल्सिनाले ३४, शिवबहादुर थापाले ३९ र अर्जुनप्रसाद अर्यालले ३१ मत ल्याएका थिए ।
महिला उपसचिवमा चन्द्रावती पनेरु (अधिकारी) ले १ सय ४६ मत ल्याइ निर्वाचित हुँदा उपसचिवका अर्का उम्मेदवार रञ्जिता सिलवालले ७९ र जुना दङ्गालले ६९ मतमा सीमित भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij