Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोरम नपुगेपछि शिक्षा समितिको बैठक स्थगित

कोरम नपुगेपछि शिक्षा समितिको बैठक स्थगित

  • काठमाडौं । आइतबार बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ ।

    images
    images
    images

    कोरम नपुगेका कारण बैठक स्थगित गरिएको समिति सभापति अम्वर बहादुर थापाले जानकारी दिए । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको थियो । गणपुरक संख्या नपुगेका कारण स्थगित बैठक सोमबार पुन १ बजे बोलाइएको सभापति थापाले बताए ।

    २४ सदस्य रहेको समितिको बैठक बस्न १३ जना हुनुपर्ने आवश्यक हुन्छ । बैठकमा सहभागी हुनका लागि शिक्षामन्त्री विद्या भट्टराई पनि समितिमा उपस्थित भएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij