Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

रक्तचापको समस्यामा लसुनको सेवन घातक

रक्तचापको समस्यामा लसुनको सेवन घातक

  • काठमाडौँ ।  लसुन नेपाली भान्सामा धेरै नै प्रयोग हुने मसलामा पर्छ । यसले तरकारीको स्वाद बढाउँछ । यसको प्रयोगले शरीरलाई विभिन्न प्रकारका फाइदा पुर्याउँछ । तर, कुनै कुनै समस्यामा लसुनको सेवन घातक हुने चिकित्सकहरु बताउँछन् । 

    images
    images
    images

    रक्तचाप 
    उच्च रक्तचापको समस्या भएका व्यक्तिहरुका लागि लसुनले फाइदा पुर्याउँछ । रक्तचापको समस्या भएको अवस्थामा लसुनको सेवनले रक्तचापलाई कम गराएर सन्तुलनमा ल्याउँछ । तर कम रक्तचाप हुने व्यक्तिले लसुनको सेवन गर्दा झन् रक्तचाप कम हुने र गम्भीर समस्या पैदा गराउँछ । 

    हेमोग्लोबिनको कमी 
    शरीरमा रगतको मात्रा कम भएको अवस्थामा लसुनको सेवन गर्न हुँदैन । 

    टाउको दुख्ने समस्या 
    यदि टाउको बारम्बार दुख्ने समस्या छ भने यस्तो अवस्थामा पनि लसुन खानुहुँदैन । 

    लसुनमा एलिनेज नामक एन्जाइम पाइन्छ । जसले छालालाई चम्काउन मद्दत गर्छ । छालामा एलर्जी भएको अवस्थामा भने लसुनको सेवन गर्न हुँदैन । एजेन्सी 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij