
Apr 22 2025 | २०८२, वैशाख ९ गते
दमौँली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एक वडा स् एक पोखरी र एक वडा स् एक चौतारीको अभियान शुरु गरेको छ । पर्यावरण प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले प्रत्येक वडामा पोखरी र चौतारी निर्माण गर्न लागेको हो ।
चालु आर्थिक वर्षभित्रै छवटै वडामा पोखरी र चौतारी निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । “वातावरण प्रवद्र्धन गर्ने उद्देश्यसहित यो अभियान शुरु गर्न लागेका हाँै, यसका लागि बजेट पनि विनियोजन भइसकेको छ”, पोखरेलले भन्नुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रु २१ लाख बजेट पोखरी र चौतारी निर्माणमा खर्च गरिनेछ । सोमबार सम्पन्न आठाँै गाउँसभाले यसको निर्णय गरिसकेको छ । “प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार सूचीमा सूचीकृत भएकालाई पोखरी र चौतारा निर्माणमा रोजगारी प्रदान गर्छौँ”, पोखरेलले भन्नुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij