Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सशस्त्रको ३० वर्षे सेवा अवधिमा सर्वोच्चको कारण देखाउ आदेश !

सशस्त्रको ३० वर्षे सेवा अवधिमा सर्वोच्चको कारण देखाउ आदेश !

  • काठमाडौं । सशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    images
    images
    images

    सर्वोच्चकी न्यायाधीश सारंगा सुवेदीको इजलासले मंगलबार विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गरेको हो । इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

    गत आइतबार सशस्त्र प्रहरी बलका डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए । उनीहरूले सशस्त्र प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधि लागू नगर्न माग गर्दै अन्तरिम आदेश माग गरेका थिए ।

    यसअघि नेपाल प्रहरीका २१ जना प्रहरी अधिकृतहरूले ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij