Logo

Apr 27 2025 | २०८२, वैशाख १४ गते

Apr 27 2025 | २०८२, वैशाख १४ गते

जितसँगै लेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

जितसँगै लेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

  • काठमाडौं । जितसँगै लेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलवार राति भएको खेलमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो ।

    images
    images
    images

    खेलको छैटौं मिनेटमा विलफ्रेडले गोल गर्दै लेष्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४१ औं मिनेटमा माडिसनले गोल गर्दै लेष्टरलाई २-० को जित दिलाए ।

    बल पोजिसनमा पकड जमाएपनि चेल्सीले लेष्टरविरुद्ध गोल गर्न सकेन । उसका अग्रपंक्तिका खेलाडी गोल गर्न पटक पटक चुकेका थिए ।

    जितसँगै शीर्ष स्थानमा उक्लिएको लेष्टरले १९ खेलमा ३८ अंक जोडेको छ । लेष्टर दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १ अंकले अघि रहेको छ ।

    चेल्सी २९ अंक जोदेत आठौं स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij