Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

मदिरा पार्टीमा जिल्ला समन्वय प्रमुख र कांग्रेस नेताबीच कुटाकुट

मदिरा पार्टीमा जिल्ला समन्वय प्रमुख र कांग्रेस नेताबीच कुटाकुट

  • काठमाडौं । अछाममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेस जिल्ला प्रवक्ता पदम शाहबीच कुटाकुट भएको छ । आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा सँगै मदिरा सेवन गरेका दुवैबीच कुटाकुट हुँदा दुईजनै घाइते भएका छन् ।

    images
    images
    images

    कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ भने शाहको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

    राति साढे १० बजे रक्सी खाएकै ठाउँमा कुटाकुट भएको खबर प्रहरीले पाएको थियो । प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल पुराएको थियो । स्वास्थ्य परीक्षणमा दुवैजनाले मदिरा सेवा गरेको पाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

    उनीहरू दुवै कांग्रेस नेता हुन् ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij