Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रचण्ड र रविको यता उदय

प्रचण्ड र रविको यता उदय

  • काठमाडौं । संघीय संसद्का विभिन्न समितिका सदस्यहरू हेरफेर भएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिका सदस्यहरूको नाम हेरफेरका लागि प्रस्ताव गरेका थिए । प्रस्तावित सदस्यहरूको नाम संसद् बैठकले अनुमोदन गरेको हो ।

    images
    images
    images

    जसअनुसार नेकपा माआवोदी केन्द्र ससंदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यमा मनोनीत भएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता रवि लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिमा फर्किएका छन् । यसअघि उक्त समितिमै रहेका लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेपछि समितिबाट स्वतः हटेका थिए ।

    संसदीय सुनुवाइ समितिमा गृहमन्त्री रमेश लेखकको स्थानमा श्याम घिमिरे तथा डा. स्वर्णिम वाग्लेको स्थानमा डोलप्रसाद अर्याल आएका छन् । त्यस्तै, पदम गिरी, भगवती चौधरी, वर्षमान पुन र विराजभक्त श्रेष्ठ अर्थ समितिका सदस्य मनोनित भएका छन् ।

    र, हरिप्रसाद उप्रेती अन्तर्राष्ट्रिय सम्बन्ध र हितबहादुर तामाङ पर्यटन समितिको सदस्य भएका छन् ।

    रघुवीर महासेठ र डोलप्रसाद अर्याल उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य भएका छन् भने ज्वालाकुमारी साह कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्य भएकी छन् ।

    माओवादी केन्द्रका शक्ति बहादुर बस्नेत पूर्वाधार विकास समिति सदस्य हुँदा रेखा शर्मा र सुमना श्रेष्ठ शिक्षा स्वास्थ्य तथा सूचना समितिको सदस्य बनेका छन् ।

    यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिबाट हरि ढकाल सार्वजनिक लेखा समितिमा पुगेका छन् भने मिना यादव शिक्षा स्वास्थ्यबाट कृषि सहकारी समितिको सदस्य बनेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij