
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको बुधबारको बैठक प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेका छन्।
कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ (४) बमोजिम आर्थिक वर्ष ०८१/८२ को आर्थिक विधेयकमाथि सभामा छलफल हुने बैठकको कार्यसूची थियो।
निर्धारित समयभन्दा ढिला प्रदेशसभा सञ्चालन गर्न सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा नेपाली कांग्रेस र राप्रपाका प्रदेशसभा सदस्यले उभिएर विरोध जनाएका थिए।
सभामुख विष्टको आग्रहपछि कांग्रेसका प्रदेशसभा सदस्य गोपाल तामाङ र राप्रपाका सबिना बजगाईंले सरकारले सदनमा ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट नआएको जिकिर गरे।
उनीहरुले रातो किताबमा उल्लेखित बजेट र योजनाबाट निर्वाचनमा मतदातासामु गरेको वाचा पूरा नहुने धारणा राखे। लगत्तै उनीहरुले संसदीय दलको निर्णय भन्दै बैठक बहिष्कार गर्ने घोषणा गरे।
सत्तापक्ष र प्रतिपक्षबीच सदनको गतिविधि अघि बढाउन अहिले वार्ता भइरहेको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij