
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं – भक्तपुरबाट मोटरसाईकल चोरी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाकोपीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज (आइतवार) गौशाला क्षेत्रबाट २२० सिसिको पल्सर चोरी गर्ने अभियुक्तलाई पक्राउ गरेको हो ।
सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका वडा नं. ९ घर भई साँखु बस्ने वर्ष २५ का रुद्र बहादुर श्रेष्ठले नम्वर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा मोटरसाईकल सहित पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।
भक्तपुर नगरपालिका वडा नं ४ बस्ने सुमन सुवालको मोटरसाईकल भक्तपुर सुर्यबिनायकबाट हराएको भनि महाशाखामा निवेदन दिएका थिए ।
हराएको निबेदनको आधारमा खोजतलास गरि हराएको मोटरसाईकल र चोरीमा संलग्नलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।
यस आ.व.मा चोरीको मोटरसाइकल सहित संलग्न ३२ जनालाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी १४७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij