Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राष्ट्रिय चेस च्याम्पियनसिप शनिवारदेखि

राष्ट्रिय चेस च्याम्पियनसिप शनिवारदेखि

  • काठमाडौं – नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा राष्ट्रिय चेस च्याम्पियनसिप शनिबार सुरु हुने भएको छ ।

    images
    images
    images

    आयोजकले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता १९ देखि २४ जेठसम्म आयोजना हुने जानकारी दिएको हो ।

    काठमाडौँको लाजिम्पाटस्थित होटेल ले हिमालयमा ६ दिनसम्म चल्ने च्याम्पियनसिपमा २४ औँ खुला र नवौँ महिलातर्फ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको दुवै विधामा १२ जना खेलाडी सहभागी हुनेछन् ।

    प्रतियोगिताका लागि केही साताअघि मात्र सम्पन्न भएको राष्ट्रिय बी च्याम्पियनसिपबाट पुरुष र महिलातर्फ समान ९ जना खेलाडी छनोट भएका थिए । छनोट हुनेमा पुरुषतर्फ पुरुषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ, ललितपुरका सुरोज महर्जन, झापाका प्रकाशचन्द्र नेपाल, काठमाडौँका प्रेमकृष्ण महर्जन, झापाका राजन सुवेदी, दोलखाका राजीव कार्की र काठमाडौँका सुश्रुत दाहाल छन् ।

    त्यस्तै महिलातर्फ झापाकी कृति सारा अधिकारी, काठमाडौँकी सिन्दिरा जोशी, रिया श्रेष्ठ, कास्कीकी पूजा भण्डारी, काठमाडौँकी विनीता कपाली, भक्तपुरकी अंशु दिल प्रजापति, झापाकी पुनम प्रसाईँ, भक्तपुरकी श्रेया दुवाल र सविना गुज रहेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij