Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

‘सत्मार्गमा हिँड्न प्रेरणा मिलोस्’

‘सत्मार्गमा हिँड्न प्रेरणा मिलोस्’

  • काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुद्ध जयन्तीले सबैलाई मानव कल्याण, शान्ति, सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी दाजुभाइ एवं विश्वभर रहेका बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै उनले बुद्धका दर्शन, शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएक छन् ।

    AGNI GROUP

    “ मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु बुद्धप्रतिको साँचो सम्मान हुनेछ”, उनले सन्देशमा भनेका छन्, “बुद्ध जन्मस्थल लुम्बिनी नेपालको हुनु नै हाम्रो लागि गौरवको विषय हो, बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनीलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गरी विश्वभरका बौद्ध धर्मावलम्बीलाई नेपाल भित्र्याउन सके यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि ठूलो योगदान हुनसक्छ ।” 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij