Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सञ्चार मन्त्रालय नै भ्रष्टाचारको अखडा

सञ्चार मन्त्रालय नै भ्रष्टाचारको अखडा

  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार मन्त्रालय भ्रष्टाचारको अखाडा रहेको बताएकी छिन् । प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले भनिन्– 'सञ्चार मन्त्रालय आम सञ्चार क्षेत्रको मन्त्रालय हो यसमा धेरै निकाय रहेका छन्, थुप्रै ठाउँमा अनियमितता भएको पाएको छु । ' 

    images
    images
    images

    धेरै माथि मुद्दा चलाइएको भन्दै उनले सञ्चार मन्त्रालय सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढेको बताइन् । मन्त्री शर्माले सुशासनको लागि आफू लागिपरेको भन्दै आम सञ्चारको क्षेत्रमा थुप्रै नीतिगत काम गरेको बताइन् ।

    मिडिया काउन्सिल विधेयक पेस भएको बताउँदै उनले रेडियो नेपाल र नेपाल टेलिभिजन गाभ्ने गरी प्रसारण ऐन बनाउने काम भइरहेको बताइन् ।

    सामाजिक सञ्जालको नियमन गर्ने नीति बनाउने काम भइरहेको बताउँदै मन्त्री शर्माले आम सञ्चार ऐन कानुन मन्त्रालयमा गएको र त्यहाँबाट मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij