Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

श्रीलंका–इङल्यान्ड टेस्ट शुरु

श्रीलंका–इङल्यान्ड टेस्ट शुरु

  • गाले, श्रीलंका, । श्रीलंका र इङल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट श्रीलंकाको गालेमा बिहीबार शुरु भएको छ । 

    images
    images
    images

    टस जितेर ब्याटिङ थालेको श्रीलंका पहिलो दिनको पहिलो सत्रमै ६२ रन बनाउँदै तीन विकेट गुमाइसकेको छ । इङल्यान्डका तिब्र गतिका बलर स्टुआर्ट बोर्डले दुई विकेट लिएका थिए ।

    श्रीलंकाका नियमित कप्तान डिमुथ करुनारत्ने बुढी औंलामा चोट लागेपछि खेल्न असमर्थ भएसँगै श्रीलंकाली टोली दबाबमा परेको थियो । श्रीलंकाली टोलीको नेतृत्व दिनेश चन्डीमलले गरेका छन् । 

    एन्जेलो म्याथ्युज ९१७० र कप्तान चन्डीमल ९२२० बीच अविजित ४० रनको साझेदारी भएसँगै श्रीलंकाले भोजन समयसम्म ६५ रन बनाएको छ । 

    इङल्यान्डका बलर बोर्डले प्रारम्भिक ब्याट्सम्यान लाहिरु थिरिमाने ९४० र कुसल मेन्डिस ९०० लाई आउट गरेका थिए । 

    गत मार्चमै हुनुपर्ने यो टेस्ट शृंखला कोरोनाभाइरस महामारीका कारण स्थगित भएको थियो । यसपटक पनि महामारीका कारण रंगशालामा दर्शकलाई प्रवेश दिइएको छैन । 

    यी दुई मुलुकबीच दुई टेस्टको शृंखला हुनेछ । दोस्रो टेस्ट गालेमै जनवरी २२ मा शुरु हुनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij