
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । बिजुलीको पोल ढलेर लाग्दा घाइते भएका बकैया गाउँपालिका-७ का वडा सदस्य रामकुमार तितुङको मृत्यु भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका-७, मानदमारमा घर अगाडि हिंडिरहेको वेला एक्कासि बिजुलीको पोल ढलेको थियो । पोलले च्यापिएर घाइते भएका तितुङलाई उपचारका लागि हेटौंडाको चुरेहिल अस्पताल लगिएको थियो ।
हेटौंडामा उपचार हुन नसकेपछि भरतपुरको चितवन मेडिकल कलेज लगिएको थियो । भरतपुरमा उपचारका क्रममै गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij