Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

यता पनि जग्गा घोटाला : २४९ जनाविरूद्ध मुद्दाको तयारी

यता पनि जग्गा घोटाला : २४९ जनाविरूद्ध मुद्दाको तयारी

  • काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टीकापुर जग्गा घोटाला प्रकरणमा २४९ जनाविरुद्ध मुद्दा चलाउने भएको छ । बिहीबार बसेको अख्तियारको बैठकले टीकापुरको बजार क्षेत्रमा रहेको ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा लैजाने निर्णय गरेको हो ।

    images
    images
    images

    काठमाडौंको ललिता निवासभन्दा ठूलो भ्रष्टाचारका रुपमा परिचित टीकापुर जग्गा प्रकरणको फाइल अख्तियारले बिहीबार नै विशेष अदालत पठाएको छ । बजार क्षेत्र वरिपरिको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा दलका कर्यकर्ता र उनीहरूका आफन्तलाई वितरण गरिएको थियो ।

    अनुसन्धानका क्रममा जग्गा वितरणमा अनियमितता भएको पाइएपछि मुद्दा चलाउने निष्कर्षमा अख्तियार पुगेको हो ।

    अख्तियारले टीकापुर विकास समितिका सबैजसो पदाधिकारीलाई प्रतिवादी बनाउने भएको छ । उनीहरु अधिकांश अछाम जिल्लाका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij