
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक विभिन्न मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिष दको कार्यालय सिंहदरबारमा अपराह्न बैठक बसेको हो ।
मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयमा सचिव नियुक्ति गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए । भरतराज पौडेल राजदूत बनेर मन्त्रालयबाट अवकाश पाएपछि मन्त्रालय निमित्तको भरमा चलिरहेको छ ।
निमित्त सचिव रहेकी सेवा लम्साललाई सचिवमा बढुवा गर्ने सम्भावना रहेको मन्त्रिपरिषद स्रोतले बतायो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij