Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

प्रहरीको पक्षमा बोलिदिने को ? कोही हुँदैनन्  !

प्रहरीको पक्षमा बोलिदिने को ? कोही हुँदैनन्  !

  • राधाकृष्ण देउजा 

    हाम्रो मातृभुमि देश नेपालको आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी नेपाल प्रहरीको काँधमा छ । अन्यत्रको तुलनामा अत्यन्त न्यून सेवा सुविधाका बावजुद नेपाल प्रहरीमा कार्यरत अधिकृतदेखि सकल दर्जा समेत ज्यानको बाजी राखेर देश र जनताको सेवामा हरेक प्रहर डटिरहेकै हुन्छन् । सिद्धान्तत प्रहरीको प्राथामिक दायित्व भनेको समाजमा शान्ति र अमन चैन कायम गर्ने हो । तर हाम्रो देशमा चाहिं हरेक समस्याको प्राथमिक जवाफ नै प्रहरी हुने गरेको छ । 


    भुकम्प गयो उद्दार गर्न प्रहरी । बाढी पहिरो गयो त्यहाँ जनता जोगाउन प्रहरी । विमान दुर्घटना पर्यो अनि उद्दार असम्भव भयो तब त्यहाँ प्रहरी । हुँदा हुँदा महामारीमा मान्छे अस्पताल जान सकेनन् अनि कसैले लान सकेन तब त्यसबेला आफ्नो ज्यान जोखिममा पारेर मानिसलाई अस्पताल पु¥याउने प्रहरी ।  

    यो हिसाबले हेर्दा मानिसको आस्था र विश्वासको पहिलो आधार हो प्रहरी । अनि उनीहरुको भूमिकालाइ हेर्दा सबैभन्दा सम्मानित हुनुपर्ने हो प्रहरी । तर त्यस्तो छ त ? बिल्कुल छैन । अप्ठेरोमा पर्दा सबैभन्दा चाहिने त्यही प्रहरी अक्सर मानिसहरुको रिस आक्रोश र पिडा पोख्ने सजिलो माध्यम बनेको छ । अस्पतालसँग रिस उठ्यो निशानामा त्यही प्रहरी । सरकारसँग रिस उठ्यो निशानामा त्यही प्रहरी ।। अब हुँदाहुँदै न्यायलय र अदालतसँग रिस उठ्यो तब निशानामा त्यही प्रहरी । 

    हो, मानिसको जिउ ज्यान अनि सार्वजनिकदेखि निजी धन सुरक्षाको आफ्नो दायित्व सम्झन्छ र त्यहाँ खटिन्छ प्रहरी । न प्रहरी कोही कसैलाई कुटौँला, पिटौँला भनेर कतै जान्छ । न त अन्य हिसाबको दमन तर परिस्थितिको आवश्यकतालाई हेरेर आवश्यकता पर्दा कानुन बमोजिमको आदेश बमोजिम बल प्रयोग पनि गर्न उ बाध्य हुन्छ । तर कुनै हालतमा उसले दमनलाई स्थिति नियन्त्रणको प्रथम उपाय बनाएको हुँदैन । त्यसैले हो त अक्सर झडपहरुमा प्रहरीनै बरु घाइते भएको  पाइन्छ । हो, उनीहरु आफ्नो पिडा पोख्न फेसबुक लाइभ गर्दैनन्, टिकटक र यूटुब भिडिओ बनाउँदैनन । न त प्रहरी माथि आक्रमण भयो र उनीहरु घाइते भए भने त्यसो हुनु पनि अपराध भयो भनेर कोही बोल्छ । 

    उनीहरुको त पक्षमा बोलिदिने उनिहरुको दल वा समुहका नेता हुन्छन् । सार्वजनिक खपतदेखि अरु स्वार्थले त्यस्ता जत्थाको पक्षमा संसददेखि मिडिया सम्म आवाज बुलन्द हुन्छ । तर बिचरा प्रहरीको बोलिदिने को ? कोही हुँदैनन ।

    अरु त अरु उनीहरुकै कमान्डर आइजीपी, उनीहरुको प्रशासनिक नेतृत्व गर्ने सचिवदेखि गृहमन्त्री सम्मले आफ्नो ड्युटी गर्दा गर्दै घाइते प्रहरीलाई, के कसो छ भनेर चासो राख्छन । उल्टै तिनलाई आक्रमण गर्ने अपराधीहरुसँग वार्ता र छलफल गर्ने मात्रै नभएर प्रहरीलाई आक्रमण गर्ने ति अपराधीहरु वा तिनीहरुको  प्रतिनिधिको कुरा सुनेर कर्तव्य पालन गर्दागर्दे घाइते प्रहरीहरुको पो कमजोरी खोज्ने र तिनलाई कारवाही गर्ने प्रपन्च रचिन्छ । 

    नहोस पनि त किन ? आखिर प्रहरीले पो सक्दैन त । तर प्रहरीमाथि आक्रमण गर्ने अराजकहरु त अक्सर कुनै दल समुह वा  शक्तिसँग जोडिएका नै हुन्छन । उनीहरु त अक्सर सर्व सुविधाले भरिपूर्ण हुन्छन् । टिकटक, युटुब, फेसबुकदेखि सारा अन्य मिडियामा आफ्नो रोदन प्रकट गर्न उनीहरु सक्षम रहन्छन । उनीहरुको त पक्षमा बोलिदिने उनिहरुको दल वा समुहका नेता हुन्छन् । सार्वजनिक खपतदेखि अरु स्वार्थले त्यस्ता जत्थाको पक्षमा संसददेखि मिडिया सम्म आवाज बुलन्द हुन्छ । तर बिचरा प्रहरीको बोलिदिने को ? कोही हुँदैनन ।

    उनीहरु त बरु बाध्य हुन्छन्, आफ्नो नेतृत्व गर्नुपर्नेहरुले आफुहरुलाई आक्रमण गर्नेहरुलाई सँगै राखेर उल्टो आफुहरु प्रहरीहरुलाई नै कारवाही गरिने फत्तुर लगाएको हेर्न र सुन्न । आज दु:खका साथ लेख्नुपर्ने अवस्था बनेको छ कि, माथि उल्लेखित बिडम्वनापूर्ण दृश्य हेर्दै, आफ्नो बल्झिरहेको घाउमा मलम लगाउँदै, आँखामा आँशु पारेर मनमनै ‘प्रहरीको चमेली बोल्दिने कोहि छैन’ भनेर गुनाउन विवश छन् हाम्रा प्रहरी ।

    यो दुखद हो, हामी सबैको लागि धिक्कारको विषय हो । आशा  छ पिडामा  छटपटाउन वाध्य प्रहरीको पिडाले हामीलाई पोलोस् अनि स्वार्थले बोल्न अक्सर डराउने हाम्रो मुखहरु कमसेकम हाम्रा रक्षकहरुको न्यायको लागि चाहिं बोलोस्, बोल्नुपर्छ भन्ने मनमा उर्जा जागोस् । 

     

    यो पनि पढ्नुस् । 

    प्रहरीको पीडा - 'डरधम्की देखाएर घुस माग्न सकिन'

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij