
Apr 01 2025 | २०८१, चैत १९ गते
म, मेरो देशको जवान । मेरो चाहना देशको सेवा गर्ने हुटहुटी, तर पारिवारिक अवस्था कमजोर छ, देशले राम्रो सेवा सुविधा दिन सक्दैन । आफ्नो बालबच्चा पढाउनुपर्यो, हुर्काउनुपर्यौ, धौधौ लोन गरि गरि एउटा घडेरी जोडिहाल्यो भने त्यसको किस्ता १५ हजार बुझाउनुपर्यो । अनि २ बच्चालाई पढाउन मासिक ६/६ हजार खर्च गर्नुपर्यो । अनि बाँकी रासन ५ हजार बच्यो । त्यो ५ हजारले बाबाआमा, श्रीमती, इष्टमित्र आफन्त, औषधी उपचार, लत्ताकपडा धेरै समस्या समाधान गर्नको लागि टुक्रा/टुक्रा गरेर चलाए पनि पुग्दैन, अब म के गरौँ ।
एउटा आशा थियो १६ बर्षमा पेन्सन आयो भने बचेको ५ बर्ष वैदेशिक रोजगार गएर भए पनि घर चलाउला । तर अब त्यो पनि सकियो । २० बर्षमा पेन्सन निस्कियो भने ४० बर्ष पुरा भइसक्छ, अनि ४० कटेर रमाउने उमेरमा कमाउन कसरी सकिन्छ ? वैदेशिक ढोका पनि बन्द हुन्छ । अब के गरौं, जागिर खाइ बसौं ?
सधैँ पैसा अभाव, पेन्सनको आस गरौ खाली आफु एक्लैको पेट मात्र भर्न पुग्छ । यो जमानामा कुनै टाढा जंगलमा बसाई सरौं जहाँ खर्च कम हुन्छ । त्यसो पनि सकिँदैन । बरु उमेर छँदै मलाई विदेशी भूमिले बोलाइरहेको छ । नेपालमा बसेर देशको सेवा गरेको ८/१० भइसक्यो । तर आमा तपाईलाई आजसम्म राम्रो लुगा र मिठो खाना कहिलै खुवाउन सकिन । जहिले अभावै अभाव, गरिब जनता वा दुःख गरि खाने व्यापारीसँग डर धम्की दिएर घुस माग्न कहिलै सक्दिन र सोच्दा पनि सोच्दिन । मेरो आमा र बाबालाई सम्झिन्छु, अनि इमान्दारीसँग कहिल्यै नपुग्दो रहेछ ।
आमा तपाईंको नातिनातिना पनि ठूला भइसके । अब म डाक्टर पढ्छु, इन्जिनियर पढ्छु, पाइलट पढ्छु भनेको छ । त्यसको लागि मैले के गरौं त्यसैले आमा मलाई विदेशी भूमिले बोलाइरहेछ, थाहा छैन विदेशी भूमिले किन बोलाइ हेछ कुन्नी !
(लेखककै सर्तमा नाम गोप्य राखिएको छ ।)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij