Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

पम्फाको टोली उड्यो दिल्ली

पम्फाको टोली उड्यो दिल्ली

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली आज दिउँसो ३ बजे दिल्ली जाने भएको छ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल सहित ५ जना माओवादी नेताहरू भारत जान लागेका हुन् ।

    images
    images
    images

    जसमा पार्टी केन्द्रीय सदस्य चक्रपाणि खनाल, रामेश्वर राय यादव, सुरेशकुमार राई, सत्या पहाडी छन् । आज दिउँसो ३ बजे दिल्ली जाने भुसाल नेतृत्वको टोली ५ दिनसम्म भारतमै बस्ने भ्रमण दलका सदस्य एवम् पार्टी केन्द्रीय सदस्य यादवले बताए ।

    भाजपा र माओवादी केन्द्रको ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तार गर्न भुसाल सहितको टोली भारत जान लागेको हो । भुसाल नेतृत्वको टोलीले दिल्ली, देहरादुन र ऋषिकेस लगायत ठाउँहरूको अवलोकन गर्ने भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij