Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय अन्दाजी १४/१५ वर्षीया सम्झना थापा र अन्दाजी १२/१३ वर्षीया कल्पना रावत रहेका छन्।
शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा दुवै बालिका पानीमा डुबेका थिए। प्रहरी र स्थानीयवासीको सहयोगमा दुवै बालिकाको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ पठाइएको थियो।
उद्धारका क्रममा दुवै बालिका अचेत अवस्थामा रहेका थिए। अस्पताल पुर्याइएपछि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। यस घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको नेतृत्वमा थप प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेलले बताए।
यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij