Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मेस्सीको दुई गोलमा बार्सिलोना विजयी

मेस्सीको दुई गोलमा बार्सिलोना विजयी

  • काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पुनरागमन जित हात पारेको छ । बुधवार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    बिल्बाओको मैदानमा कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले पुनरागमन जित निकालेको हो । खेलको तेस्रो मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए ।

    तर, खेलको १४ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ३८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा मेस्सीले दोस्रो गोल गर्दा बार्सिलोना ३-१ ले अघि बढ्यो ।

    त्यसपछि खेलको ९० औं मिनेटमा बिल्बाओका इकर मुनियनले एक गोल फर्काएपनि बार्सिलोना ३-२ ले विजयी भयो । बिल्बाओलाई पराजित गरेसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

    बार्सिलोनाले १७ खेलमा ३१ अंक जोडेको छ । बिल्बाओ २१ अंक जोडेर नवौं स्थानमा रहेको छ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij