Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

काँग्रेसका सहमहामन्त्री चौधरीलाई मातृ शोक

काँग्रेसका सहमहामन्त्री चौधरीलाई मातृ शोक

  • काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व मन्त्री उमाकान्त चौधरीलाई मातृ शोक परेको छ । आज बाराको कोल्हवी नगरपालिकास्थित आफ्नै निवासमा नेता चौधरीकी आमा मदेशिया थरुनीको निधन भएको हो ।

    images
    images
    images

    नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेको काँग्रेसले जनाएको छ । काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालेथरुनीको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज शोक विज्ञप्ति जारी गर्दै सभापति देउवाको तर्फबाट काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले थरुनीको निधनबाट काँग्रेसले एक अग्रज व्यक्ति गुमाएको बताएका छन् ।

    सभापति देउवाले थरुनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामनाका साथै सहमहामन्त्री चौधरीलगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij