
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा डा. गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् ।
आविष्कारको क्षेत्रलाई उकास्न सरकार गम्भीर हुनुपर्ने माग राख्दै थालिएको आन्दोलनमा विभिन्न राजनीतिक दल र नागरिक समाजका अगुवाले साथ दिएका छन् । आइतबार केसी पुनको धर्नामा साथ दिन माइतीघर पुगेका हुन् ।
त्यस्तै आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि पुनको आन्दोलनमा सहभागी भएका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि हरेक वर्ष बजेट छुटाउनुपर्ने माग गर्दै पुनले धर्ना शुरु गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij