
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । राष्ट्रियसभा अध्यक्षसहितको प्रतिनिधि मण्डल मंगलबार स्वदेश फिर्ता हुँदैछ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको भ्रमणकारी टिम रुस भ्रमणपछि आज दिउँसाे स्वदेश फर्किन लागेको हो ।
अध्यक्ष तिमिल्सिनासहित राष्ट्रियसभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको ८ सदस्यीय टिम वैशाख ६ गते रुस प्रस्थान गरेको थियो । भ्रमणमा अध्यक्ष तिमिल्सिनासहितको टोलीले रुसको संसद लगायत उच्च पदस्थ व्यक्तिसँग भेटघाट गरेकाे थियाे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij