
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका छन् ।
एकीकृत समाजवादीको आलोकनगरमा बसेको सचिवालय बैठकले पहिलो चरणको मन्त्रिपरिषद् विस्तारमा ज्वालालाई पठाउने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने पक्का भएका हुन् ।
सत्ता गठबन्धनका ९ दलसँग पहिलो चरणमा मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री दाहालले १/१ जनाको नाम मागेका छन् । प्रधानमन्त्री दाहालले आजै पहिलो चरणका मन्त्रीहरुलाई शपथ खुवाउने तयारी पनि गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij