Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

राहुल गान्धीलाई भारतीय सरकारी निवास छाड्न आदेश

राहुल गान्धीलाई भारतीय सरकारी निवास छाड्न आदेश

  • संसद् लोकसभाले भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय सरकारी निवास खाली गर्न आदेश दिएको छ । लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिस समेत जारी गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै लोकसभाको सांसद सूची रहेको वेबसाइटबाट पनि नाम हटाउँदै राहुल गान्धी निर्वाचित क्षेत्र वायनाडलाई रिक्त घोषितसमेत गरिएको छ ।  निर्वाचन आयोगले उक्त खाली क्षेत्रमा उपनिर्वाचन घोषणाको तयारीसमेत सुरु गरेको छ ।

    गत बिहीबार सुरतको एक अदालतले कांग्रेस नेता गान्धीलाई चार वर्ष पुरानो मानहानीको मुद्दामा दुई वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाएको थियो । राहुल गान्धीको सांसद  पद खारेजीलाई लिएर भारतमा बिरोध भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij