Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । जावलाखेलस्थित सदर चिडियाखानाभित्र प्रदर्शनीमा राखिएको दुर्लभ प्रजातिको रेड पाण्डा (हाब्रे) चोरी गर्न खोज्ने दुईजना पक्राउ परेका छन् । हाब्रे चोरी गर्ने योजना बनाउने मोहम्मद तफिक र कृष्ण गुरुङ पक्राउ परेका हुन् ।
चोरीका लागि सदर चिडियाखाना पसेका कृष्णले रेड पाण्डालाई बोकेर झोलाभित्र राखी चोरी गरी लिएर जाने क्रममा रेड पाण्डा कराएपछि झोलासहित रेड पाण्डा राख्न बनाईएको कम्पाउण्ड भन्दा बाहिर रहेको निगालो घारिमा छाडि भागि फरार भएका थिए ।
पक्राउ व्यक्तिहरुको विवरण
स्वयम्भु बस्ने बर्ष २१ को कृष्ण गुरुङ ।
स्वयम्भु बस्ने बर्ष २६ को मोहमद तफिक
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij