
Jun 05 2025 | २०८२, जेठ २२ गते
काठमाडौं । प्रहरीले अनलाइन जुवा (सट्टाबाजी) सञ्चालनमा संलग्न ठूलो गिरोहलाई पक्राउ गरेको छ ।
विभिन्न देशका व्यक्तिहरूलाई वाट्सएप र टेलिग्राममार्फत सम्पर्कमा ल्याई अनलाइन बेटिङ साइट 711Bat.club र Unicon 365 को प्रयोग गरी व्यवसायिक रूपमा जुवा खेलाउने कार्यमा संलग्न १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको टोलीले ललितपुरको जैनखेल र नख्खुस्थित दुई स्थानमा छापा मारेर पाँच जना भारतीय र १२ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ठक्कर कुँवर ,तिलक खड्का, जित बहादुर महतो, राजेन्द्र ब महता (कञ्चनपुर), सुवाश खड्का (डोटी), विकाश थापा, डायमण्ड कुँवर, मनोज बोगटी (अछाम), अरविन खड्का (कैलाली), हर्क ब खड्का (डोटी), पुर्ण दर्लामी (रुपन्देही), विष्णु कुमार राउत (दाङ) लगायत १२ नेपाली छन्।
बाँकी भारतकाे बिहारका दीपक कुमार सिंह, ऋषमराज, अंकित कुमार सिंह, धिरज कुमार सिंह र माेहित कुमार सिंह गरी पाँच जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ परेकाहरूले अनलाइन जुवाको कारोबारमार्फत हालसम्म ८१ करोड ४७ लाख ५७ हजार ४४६ रुपैयाँ ४० पैसा बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
उनीहरुलाई जैनखेलमा एक घरमा र नख्खुस्थित सनराइज अपाटएमेन्टको फ्ल्याट भाडामा लिई व्यवसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने गरेको अवस्थामा सोमबार पक्राउ गरेको कार्यालयका सूचना अधिकारी एसपी काजी कुमार आर्चायले जानकारी दिए ।
उनीहरुकाे साथबाट विभिन्न कम्पनीको ल्यापटप १४थान, विभिन्न कम्पनीको सिमकार्ड भएका/नभएका मोवाईलहरु ६० थान,
विभिन्न बैंकको चेकबुक र वचत पासबुक ९ थान, विभिन्न व्यक्तिहरुको नामको भिसा कार्डहरू १५ थान, विभिन्न व्यक्तिहरुको नामको नेपाली राहदानी ४ थानर भारतिय राहदानी ४ थान
बरामदी ल्यापटप तथा मोबाईलहरुको प्रारम्भिक अनुसन्धान ८१ करोड बराबरको अनलाईन जुवा कारोबार गरेको देखिन आएको हुँदा निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ बमोजिमको जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, जावालाखेल ललितपुर पठाइएको सूचना अधिकारी आर्चायले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij