
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज राति १२ बजेबाट सकिने भएको छ ।
उपराष्ट्रपति पुन आफ्नो कार्यकाल सकिएसँगै बिहीबार लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरि नगरपालिका– १ दहचोकस्थित निजी निवासमा सरेका छन् । पुनको बिदाइ नयाँ उपराष्ट्रपति निर्वाचित भएपछि हुनेछ ।
पुन दोस्रो कार्यकालका लागि २०७४ चैत ४ मा उपराष्ट्रपति निर्वाचित भएका थिए । त्यसअघि २०७२ मा नयाँ संविधान बनेसँगै पुन देशको दोस्रो उपराष्ट्रपतिमा चुनिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij