
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन उपराष्ट्रपतिको कार्यकाल पूरा गर्दै निजी निवासमा सरेका छन् । उपराष्ट्रपति भवन हरितगृहबाट उनी बिहीबार दिउँसो निजी निवासमा सरेका हुन् ।
उनको निजी निवास चन्द्रागिरी नगरपालिका–१ दहचोकमा रहेको छ । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । पुनले नयाँ उपराष्ट्रपति आउनुअघि नै निवास खाली गरेका हुन् ।
उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाईका लागि बिहीबार नै पुन निजी निवासमा सरेका बताइएको छ । नयाँ उपराष्ट्रपतिको शपथ तथा पदभार ग्रहण नभएसम्म उपराष्ट्रपति निजी निवासबाटै उपराष्ट्रपतिको कार्यालय जाने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij