
Apr 18 2025 | २०८२, वैशाख ५ गते
कविताः जित्ने छु म ...!
समयको सामिप्यता संग
हरेक दिन डराउछु म
समय चक्र फेरिएला भनी
हरेक बाधा बेवधानहरूको
परिक्षामा
सफल हुंदा पनि !
मनको अस्थिरताको भूमरीले
जगल्तेला झै
अविश्वासीलो
अस्थिर ज्वारभाटाहरूले
गन्तव्यको लागि
मन मनठन भइरहेको छ ।
जीवन जगतको
अमृतपानको यात्रामा
विषले पथ धुल्लमल्याउँदा
पाइलाहरू दोधारी यात्री
बनीरहन्छु
भट्किएका पाइला सरि
र पनि ! आत्मविश्वासमा छु,
जित्छु म !
जीवन जगतको
काँडामय पथहरूमा
अस्थिर अविश्वासी र विषादी जंघार तरी
समयको शुभ सन्ध्यामा
जिन्दगीको सफल अमृतपानको लागि
गन्तव्यको कोसेढुङ्गा चुम्नेछु
आत्मविश्वास छ मलाई !
जित्ने छु म !
-निलनकुमार थेच्वमि
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij