
Jun 30 2025 | २०८२, असार १६ गते
काठमाडौं । आगामी कात्तिक १७ गते उपनिर्वाचत तोकिएसँगै मतदाता नामावली दर्ता कार्य स्थगित भएको छ । रुपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको रिक्त पदका लागि उपनिर्वाचन गर्ने आयोगले निर्णय गरेसँगै मतदाता नामावली दर्ता कार्य स्थगित गरेको हो ।
हाल नियमित रूपमा निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली दर्ता सम्बन्धी कार्य मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको आयोगका सहसचिव एवम प्रवक्ता नीता पोखरेलले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएकी हुन् ।
मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ को खण्ड २ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि उक्त निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij