
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किने भएका छन्। स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि नेता पुन आज नेपाल फर्किन लागेको उनको सचिवालयले जानकारी दिएको छ।
चिकित्सकहरूको परामर्शमा उपचारका लागि उनी मंसिर १६ गते चीन गएका थिए। उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जानकारी दिएको छ।
वंशाणुगत जण्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि चीन गएका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij