Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

बाल कविताः माकुरो र जाल 

बाल कविताः माकुरो र जाल 

  • 1659589809-LbXOe.jpg

    onlinepatrika
    Arghakhachi

         - नरिश्वर गौतम

    AGNI GROUP

    माकुरो  र जाल 

    हिजोसम्म केही थिएन, के भो एकै रातमा
    धागो हो कि के बेरियो लौन मेरो हातमा ।।
    कसले बेर्यो होला यस्तो भएँ म झसङ्ग
    धागो छोडी भागेछ कि आकाशतिर चङ्गारु 

    न त डोरी न हो धागो न हो कुनै झाल
    मलाई नै पार्ने गरी कसले थाप्यो जालरु
    आत्तिएर फुकाएँ हात यताउता हेर्दै
    अलिकति पछि हटी हेरेँ छक्क पर्दै ।।

    मुखमा पनि जेलिएछ सेतै भएछ कपाल
    माथितिर हेरेको त कति राम्रो रुमाल ।।
    कसले बुन्यो होला यस्तो के हो खास कुरो 
    रुमाल फिजाई सुतेको पो रहेछ माकुरो ।।

    उठाउन खोजेँ उसलाई बजाएर ताली
    थाहै नदिई बाटोघाटो किन राख्यौ जालीरु
    ठूला ठूला आँखा पार्दै भन्यो माकुराले
    मेरो निद्रा खलबलायौ भन के कुरालेरु 

    यो त मेरो आफ्नै घर हो बनाएको मैले
    हिजो राती बनाएको थाहा पायौ अहिलेरु 
    सत्य कुरा भनेँ मैले होइन कुनै ख्याल
    निकालेर बनाएको आफ्नै मुखको र्याल ।।

    उडीआए पुतली फसे त्यही जालमा
    कुरिरहेथ्यो माकुरो आफ्नै मस्त चालमा
    समाएर पुतलीलाई हेर्दाहेर्दै निल्यो
    भन्छ अझ - बल्ल आज मीठो खाना मिल्यो ।।

    घर पनि जाल रहेछ पासो पनि जाल
    यताउता हिँड्दा सधैँ गर्नु राम्रो ख्याल
    माकुराको चाल देखी छक्क परेँ म त
    यस्तो चलाख सिपालु अरु कुनै छ तरु

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij