Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । गोदावरी नगरपालिका वडा नं ७ देविचौरका वडा अध्यक्ष मथुरा प्रसाद शर्माले आफ्नो वडाबाट एसईई उर्तिण भएका सबै बिद्यार्थीलाई आफ्नो खर्चमा निःशुल्क पढाउने घोषणा गरेका छन ।
एसईईको नतिजा सार्वजनिक गरे लगत्तै उर्तिण भएका बिद्यार्थीलाई शुभकामना दिदै शर्माले गरिवीका कारणले उच्च शिक्षा अध्ययन गर्ने इच्छा हुँदा पनि पढ्न पाएको हुन्रन्, त्यस्ता बिद्यार्थीलाई आफ्नो खर्चमा निःशुल्क पढाउने घोषणाले भविष्य बन्न सक्ने बताए ।
यो सुबिधा पाउन देविचौरको श्री देवी उच्च माविमा अध्ययन गर्नु पर्ने सर्त रहेको वडा अध्यक्ष शर्माले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij