
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । साहित्यकार एवं समाजसेवी रेणुका पन्थीको प्यारो नेपाल खण्डकाव्य एक समारोहका बीच काठमाडौँमा विमोचन गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपाल, प्रा. डा. रामप्रसाद ज्ञवाली र प्रा. डा. भागवत ढकालले उक्त खण्डकाव्यको संयुक्त रूपमा विमोचन गरेका हुन् ।
खण्डकाव्य विमोचन कार्यक्रममा प्रमुख अथिति एवं प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा। देवी नेपालले यस खण्डकाव्य भावनात्मक उच्चताले भरिएको र देशको वर्तमान झल्को पाइने बताए ।
यस खण्डकाव्यमा देशभक्तिको भावनालाई केन्द्रमा राखेर अगाडि बढे पनि त्यसभित्र देशको वर्तमान अवस्था र समसामयिक चेतनासँग जोडिएर आउन सक्ने सबै खाले भावनालाई यहाँ समेट्ने प्रयास गरिएको बताईको छ।
यस्तै, साहित्यकार एवं प्राध्यापक डा. रामप्रसाद ज्ञवालीले यस खण्डकाव्यमा समाजको अनुभूति प्रस्तुत भएको बताए ।
त्यस्तै, वाल्मीकि विद्यापीठका प्राचार्य एवं कार्यक्रमका सभापति प्रा डा. भागवत ढकालले सिंगो नेपालको प्रतिनिधित्व गरेर खण्डकाव्य तयार भएको बताए ।
गुल्मीमा रहेर शिक्षण पेसा र समाज सेवामा लागेकी पन्थीले गीत, कथा र निबन्धमा पनि कलम चलाएकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij