
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । मकवानपुर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मकवानपुरमा बैशाख २५ हेटौँडामा चुनावी सभा गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको लागि राप्रपाले २५ बैशाखमा आमसभा गर्न लागेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा आमसभा हुनेछ । पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने तयारी भएको राप्रपा मकवानपुर प्रवक्ता विशभ अधिकारीले जानकारी दिए ।
अध्यक्ष लिङ्देनले उम्मेदवारहरू र कार्यकर्ताको हौसला बढाउने गरी आमसभा गर्न लागेको उनले बताए । “मकवानपुरको १० वटै स्थनाीय तहको राप्रपाका उम्मेद्वारहरु सहभागिता रहने छ” प्रवक्ता अधिकारीले भने । पार्टीले हेटौंडाको मेयरको लागि दीपकशहादुर सिंह र उपमेयरको रुपमा इन्दीरा न्यौपानेलाई अघि सारेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij