
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि युरोपको भ्रमणमा जाने भएको छ । उहाँ सोमबार बिहान युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको भारतका विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । उहाँ तीन युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमणका लागि सोमबर त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।
सो कुराको जानकारी भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिनुभएको बताइएको छ । विदेश सचिव क्वात्राले प्रधानमन्त्री मोदीले युरोप भ्रमणका क्रममा उहाँले युक्रेन र रुसको हमलाका कारण उत्पन्न परिस्थितिका विषयमा भारतको धारणा राख्नुहुनेछ ।
उहाँ सोमबार नै जर्मनी पुग्नुहुने छ । जर्मनीपछि उहाँले डेनमार्क र फ्रान्सको भ्रमण गर्नुहुने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij