
Jul 13 2025 | २०८२, असार २९ गते
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यसअघि गत शुक्रबार सुन तोलाको एक लाख ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ६५ रुपैयाँले बढेर चाँदी २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij