Logo

Jul 13 2025 | २०८२, असार २९ गते

Jul 13 2025 | २०८२, असार २९ गते

ट्रम्प नीतिको आलोचना

अमेरिकी कर नीतिका कारण नयाँ तरंग

अमेरिकी कर नीतिका कारण नयाँ तरंग

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर नीतिमा कडाइ गरेपछि त्यसको असर देखिन थालेको छ । युरोपेली मुलुकहरुले ट्रम्प नीतिको आलोचना समेत गरिरहेका छन् ।

    images
    images
    images

    अगस्ट १ देखि क्यानेडियाली सामानहरूमा अमेरिकाले ३५ प्रतिशत कर लगाउने निर्णय गरेपछि त्यसको जवाफ दिने क्यानाडाले चेतावनी दिएको छ ।

    images

    उद्योग मन्त्री मेलानी जोलीले क्यानाडाले आफ्नो ‘आर्थिक कूटनीति’लाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको सुनाइन् ।

    युरोपेली समृद्धि तथा औद्योगिक रणनीति आयोगका कार्यकारी उपाध्यक्ष स्टेफेन सेजोर्नसँगको संयुक्त कार्यक्रममा जोलीले क्यानडाले आर्थिक कूटनीतिलाई प्रवद्र्धन गर्ने, अमेरिका माथि दबाब बढाउने छ । त्यस्तै देशमा रोजगारीको सुरक्षा र सिर्जना गर्ने कुरा उल्लेख गरिएको छ ।

    ट्रम्पले बिहीबार ३५ प्रतिशतको भन्सार शुल्कको घोषणा गरेका थिए । त्यस्तै युरोपेली संघ र मेक्सिकोमा ३० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । तर मेक्सिकनहरूले पनि अमेरिकाले घोषणा गरेको करको आलोचना गर्दै त्यसलाई गलत र निष्फल हुने प्रतिक्रिया दिएका छन् ।

    images

    ट्रम्पले गत हप्ता क्यानडा, दक्षिण कोरिया, जापान र ब्राजिललगायत अन्य व्यापारिक साझेदारहरू लाई पत्र पठाउँदै २० प्रतिशतदेखि ५० प्रतिशत सम्मको ट्यारिफ दरहरू घोषणा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij