Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पार्टी निर्णयविपरीतका उम्मेदवारी फिर्ता लिन नेकपाको निर्देशन 

पार्टी निर्णयविपरीतका उम्मेदवारी फिर्ता लिन नेकपाको निर्देशन 

  • काठमाडौँ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी निर्णयविपरीतका उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । आठौं केन्द्रीय समितिको १२ औं बैठकको निर्णयविपरीतका उम्मेदवारी फिर्ता लिन नेकपाले भनेको जनाइएको छ । 

    images
    images
    images

    पार्टीको तर्फबाट केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले जारी गरेको विज्ञप्तिमा पार्टीको नीति अनुसरण नगरी दर्ता भएका उम्मेदवारको मनोनयन फिर्ता लिन आह्वान गरिएको हो ।

    पार्टीको आठौं केन्द्रीय समितिको निर्णयअनुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसीविरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने निर्णय भएको थियो । 

    यस्तै पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित भएको थियो । जसबमोजिम पार्टीले चुनाव उपयोग गर्ने नीतिको तात्पर्य स्वाभाविक रूपले केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी उम्मेदवारमा नउठ्ने भन्ने रहेको विज्ञप्तिमा उल्लेख छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij