
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपयुक्त मौका आउनेवित्तिकै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना हुने बताएका छन् । उनले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि उपयुक्त वातावरण बनाउने समेत बताए ।
आइतबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले राप्रपाले चाहेर हुने भए र ल्याउन सक्ने भए राजालाई नारायणहिटीमा ल्याउने र हिन्दू राष्ट्र आजै पुनर्स्थापना गर्ने बताए ।
राजसंस्था पुनर्स्थापित भए राष्ट्र प्रमुखको अभिभावकीय संस्थाको रुपमा रहने बताउँदै राप्रपा अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना लागि उपयुक्त वातावरण बनाउने काममा लागिपरेको समेत बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij