Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

लेखक संघको अध्यक्षमा तीर्थ श्रेष्ठ निर्वाचित

लेखक संघको अध्यक्षमा तीर्थ श्रेष्ठ निर्वाचित

  • काठमाडौँ । नेपाल लेखक संघको अध्यक्षमा साहित्यकार तीर्थ श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको पोखरामा सम्पन्न सातौँ अधिवेशनमार्फत श्रेष्ठ निर्विरोध अध्यक्ष पदका लागि निर्वाचित भएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    संघको सहअध्यक्ष पदमा डा. रत्नमणि नेपाल छानिएका छन् । उनी पनि निर्विरोध रुपमै चुनिएका हुन्। उपाध्यक्षमा खुल्ला तर्फ शैलेन्दुप्रकाश नेपाल र महिलातर्फ सन्ध्या पहाडी निर्वाचित भएका छन् । नेपाल खुल्लातर्फ निर्विरोध रुपमा छानिएका हुन् भने पहाडी रेणुका सोलुलाई ४१ भोटले पछि पार्दै निर्वाचित भएकी हुन् ।

    AGNI GROUP

    महासचिवमा सोझो गाउँले निर्वाचित भएका छन् । उनले पदका लागि उम्मेद्वार रहेका धनेन्द्र ओझालाई ६६ भोटले पछि पार्दै महासचिवको पद हात पारेका हुन्। त्यस्तै, उप महासचिव पदमा श्रीबाबु कार्की उदास निर्वाचित भएका छन्। उनी बलराम दाहाललाई पछि पार्दै निर्वाचित भएका हुन् । संघको कोषाध्यक्षमा दामु मर्सिफुल, सचिव (खुल्ला)मा गणेश शर्मा र सचिव (महिला)मा अनुपमा रेग्मी निर्वाचित भएका छन् ।

    साथै सदस्यहरुमा खुल्लातर्फ सुरेन्द्र अस्तफल, निर्मला कोइराला, नारायण सापकोटा, डा. विष्णुबहादुर केसी, हयग्रिव आचार्य, प्रकाश विमिल, बाबुराम चालिसे (बाबुसाहेब), महेन्द्र वाग्ले, युवराज डिसी र गौकुमारी न्यौपाने निर्वाचित भएका छन् । सदस्यमै महिला कोटातर्फबाट सरस्वती जिज्ञासु, राधिका गुरागाईं, सरस्वती पन्त, अमृता अर्याल स्मृति र ऋचा लुइँटेल निर्वाचित भएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij