Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौँ । लामो समयदेखि नेपाली साहित्य क्षेत्रको विशेषत गजल विधामा निरन्तर लागिपरेका दाङका गजकार वसन्त ओली ‘वसन्ती’को गजल संग्रह ‘बोई’ सार्वजनिक भएको छ ।
शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा वरिष्ठ सञ्चारकर्मी तथा बुलबुल पब्लिकेशनका सञ्चालक अच्युत घिमिरे‘बुलबुल’को अध्यक्षतामा सञ्चालन गरिएको सो विमोचन समारोहमार्फत गजलकार वसन्तीका बाजे (हजुरबुवा) तथा सो कार्यक्रमका प्रमुख अतिथि मानबहादुर ओलीलगायले पुस्तकको विमोचन गरेका हुन् ।
वरिष्ठ हास्य/व्यङ्ग्य कलाकार सन्तोष पन्त, गजलकार डा.घनश्याम परिश्रमी, गजलकार सितल कादम्विनी, करुण थापा, बाबु त्रिपाठी, घनेन्द्र ओझालगायतको विशेष उपस्थिति रहेको सो समारोह ‘बोई’को संस्मरण सहितको प्रोमो बजाएर औपचारिक उद्धघाटन गरिएको हो ।

बोईका मृत्यु पश्चात् आफ्नो मस्तिष्कमा ओहोरदोहोर गरिरहने बोईका ती यादहरू, उनका सपना, योगदान र इच्छाहरूका लहरललाई सुन्दर शब्दको मालामा उनेर रदीफ र काफीयाको धागोले बाँधि गजकार वसन्तीले ‘बोइ’ संग्रहलाई जन्म दिएका छन् । संग्रहलाई जन्माएर मात्रै यसै नछाडेका उनले सो संग्रहलाई पालनपोषण तथा सजावट पनि निकै कलात्मक तरिकाले गरेका छन् । हार्ड कभर र सफ्ट कभर गरी दुई खालको कभरभित्र माया, प्रेम, देशभक्ति र सामाजिक यथार्थतालगायत विषयका १०१ वटा गजल प्रकाशन गरिएको सो पुस्तक विमोचन अघि प्रि–बुकिङ् भइसकेको थियो । सो पुस्तकभित्र रहेका दुई गजललाई राज सागरको टोलीले गाएर समारोहको रौनक झनै सुन्दर बनाएको थियो ।
विमोचन समारोहमा डा.घनश्याम परिश्रमीले वसन्तीका गजल बहरको सुन्दर मालाभित्र अटेको भनि प्रसंसा समेत गरेका छन् । यसका साथै वरिष्ठ गजलकार घनेन्द्र ओझाले पनि वसन्तीका गजल निकै शक्तत भएको बताएका हुन् । गजलकार कहिल्यै पूर्ण हुन नसक्ने बताउँदै उनले वसन्तीले भविश्यमा अझै शक्तत गजल लेख्नेमा विश्वास व्यक्त गरेका छन् ।
विसं २०६९ सालमा उपन्यास ‘तिर्सना’बाट नेपाली साहित्यमा प्रवेश गरेका वसन्त ओली वसन्तीको ‘बोई’ दोश्रो कृति हो । जसलाई बुलबुल पब्लिकेशनले प्रकाशन गरेको हाे भने वितरणको जिम्मा सफल पब्लिकेशनले लिएको हाे ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij